जलवायु परिवर्तनको मारमा नेपाल : मन्त्री शाहीको चिन्ता

 जलवायु परिवर्तनको मारमा नेपाल : मन्त्री शाहीको चिन्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर संकटमा परेको बताउनुभएको छ।

काठमाडौंमा सोमबार सम्पन्न हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले रसुवामा हालै आएको बाढी–पहिरोमा धेरैको ज्यान गएको र अर्बौंको सम्पत्ति नोक्सानी भएको बताउनुभएको छ।

तराई–मधेशमा लामो समय वर्षा नहुँदा खानेपानी र कृषिमा ठूला समस्या देखापरेको पनि उहाँले बताउनुभएको छ।

उहाँले भन्नुभयो “समयमै रोपाइँ गर्न नपाउँदा किसानहरू मर्कामा परेका छन्। यसले आगामी दिनमा खाद्य सुरक्षामा गम्भीर असर पार्ने छ” ।

मन्त्री शाहीले जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ।

उहाँले नेपालले ४६ प्रतिशत भूभाग वनले ढाक्न सफल भएको र जैविक विविधताको संरक्षणमा ठूलो लगानी गरे पनि न्युन कार्बन उत्सर्जन गर्ने मुलुक भएकै कारण अन्यायपूर्ण रूपमा जलवायु संकट भोग्नुपरेको बताउनुभएको छ।

साथै, नेपाल हिन्दुकुश हिमालय क्षेत्रमा रहेका करिब दुई अर्ब जनताको पानी, खाद्य र ऊर्जा सुरक्षाको आधार भएको पनि उहाँले बताउनुभएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *