एमालेले सांसदलाई आकस्मिक रूपमा बोलायो सिंहदरबार
काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ ।
एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।
‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ’, एक सांसदले भने, ‘छलफलको विषय जानकारी गराइएको छैन ।’
