कांग्रेसका सांसदलाई आकस्मिक रूपमा सिंहदरबार बोलाइयो

 कांग्रेसका सांसदलाई आकस्मिक रूपमा सिंहदरबार बोलाइयो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको बताइएको छ ।

१२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने छ ।

उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *