नेपालमा रुबेला निवारण, डब्लुएचओले दियो मान्यता

 नेपालमा रुबेला निवारण, डब्लुएचओले दियो मान्यता

काठमाडौं — नेपालले बालबालिकामा देखिने संक्रामक रोग रुबेला सफलतापूर्वक निवारण गरेको छ।

विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय आयोगले नेपाललाई रुबेला मुक्त देश घोषणा गरेको हो।

रुबेला अत्यन्तै छिटो सर्ने भाइरस हो। यो रोग लागेमा बालबालिकामा मृत्यु वा अपांगता हुने खतरा धेरै हुन्थ्यो। लामो समयदेखि गरिएको खोप अभियानकै कारण नेपालले यो रोगलाई नियन्त्रणमा ल्याउन सफल भएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने, “यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सचेत नागरिक र विकास साझेदारहरूको सामूहिक प्रयासले सम्भव भएको हो।”

नेपालले २०१२ सालदेखि रुबेला खोप अभियान सुरु गरेको थियो। पछि यसलाई नियमित खोप तालिकामा राखियो। भूकम्प र कोभिड महामारीको चुनौतीका बीच पनि सरकारले खोप अभियान निरन्तर चलाइराखेको थियो।

विशेषज्ञका अनुसार रुबेला लाग्ने एक व्यक्तिबाट १८ जनासम्ममा रोग फैलन सक्छ। यस कारण खोप नै यसको सबैभन्दा सुरक्षित उपाय हो।

नेपालले समयमै लक्ष्य हासिल गरेसँगै सार्वजनिक स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हात पारेको छ। अब सरकारले खोप सेवा अझै विस्तार गर्ने र बालबालिकालाई यस्ता रोगबाट पूर्ण सुरक्षित राख्ने योजना अघि सारेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *