नाडा अटो शोमा कृषि विकास बैंकद्वारा अटो लोनमा छुटसहितको अफर

 नाडा अटो शोमा कृषि विकास बैंकद्वारा अटो लोनमा छुटसहितको अफर

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ को अवसरमा कृषि विकास बैंकले आफ्ना ग्राहकका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
प्रदर्शनी स्थलमा राखिएको स्टलमार्फत बैँकले आफ्नो कर्जा प्रवाह र यसमा लाग्ने व्याजबारे विस्तृत जानकारी प्रवाह गरिरहेको छ ।

बैँकले नयाँ तथा पुराना ग्राहकलाई सहज रुपमा सवारीसाधन खरिद गर्न सक्ने गरी बैंकले आकर्षक व्याजदरमा अटो लोन सुविधा ल्याएको छ।

बैंकका प्रतिनिधिले भने, “नाडा अटो शो केवल नयाँ प्रविधि हेर्ने अवसर मात्र नभई ग्राहकलाई वित्तीय पहुँचमा सहजता दिने माध्यम पनि हो।

यसै अवसरमा हामीले ग्राहकलाई लाभ पुर्‍याउने उद्देश्यले विभिन्न अफर ल्याएका छौं।”

कृषि विकास बैंक लिमिटेड नेपालको पुरानो र ठुलो बैंकमध्ये एक हो।

पछिल्ला वर्षमा यो बैंकले वाणिज्यिक बैंकको रूपमा सेवा विस्तार गर्दै आएको छ। देशभरका ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म यसको शाखा, एटिएम, मोबाइल बैंकिङ र डिजिटल सेवाहरू उपलब्ध छन्।

नेपालमा पछिल्ला वर्षहरूमा अटो लोन बजार तीव्र गतिमा विस्तार भएको छ। विशेष गरी इलेक्ट्रिक भेहिकल EV प्रति बढ्दो आकर्षणसँगै ग्राहकहरू बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा लिने दर बढ्दो छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *