अर्थ मन्त्रालय र अन्तर्गतका कार्यालयमा उपसचिवहरूको व्यापक सरुवा (लिष्ट सहित)

काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालय र त्यसका अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत उपसचिवहरूको सरुवा र पदस्थापन गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ६८ जना उपसचिव, प्रमुख कर अधिकृत तथा भन्सार अधिकृतहरूको सरुवा गरिएको हो।
सूचीअनुसार ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय, भन्सार विभाग, भन्सार जाँचपास परीक्षण कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रसहितका निकायमा पदस्थापन भएको छ।
यस सरुवामा विमल सापकोटा, जीवनाथ ज्ञवाली, हरिश्चन्द्र ढकाल, राजु प्रसाद प्याकुरेल, युवराज श्रेष्ठ, गोविन्द राज आचार्य, आशा कुमारी शाह, अर्जुन ढकाल, विश्व बन्धु पौडेल, मित्रलाल अधिकारी लगायतका अधिकारी अर्थ मन्त्रालयमा सरुवा भएका छन्।
त्यस्तै गौरीशंकर उपाध्यायलाई आन्तरिक राजस्व कार्यालय कालिमाटी, मुक्ति प्रसाद श्रेष्ठलाई आन्तरिक राजस्व कार्यालय कावासोती, अर्जुन न्यौपानेलाई आन्तरिक राजस्व कार्यालय कोटेश्वर, प्रेम प्रकाश शाहीलाई आन्तरिक राजस्व कार्यालय गल्छी, कमल लामिछानेलाई आन्तरिक राजस्व कार्यालय चावहिल, सुनिल कुमार यादवलाई आन्तरिक राजस्व कार्यालय ठमेल र शिव प्रसाद ढुंगानालाई आन्तरिक राजस्व कार्यालय पोखरामा पदस्थापन गरिएको छ।
यस्तै ठूला करदाता कार्यालयमा पनि उल्लेख्य संख्यामा नयाँ उपसचिव तथा निर्देशकहरूको पदस्थापन भएको छ। नारायण प्रसाद रेग्मी, तीर्थ राज बराल, सीता बर्तौला कोइराला, संगिता घिमिरे सुवेदी, अम्विका खनाल, उषा पोखरेल, राम प्रमोद यादवलगायतका अधिकारी ठूला करदाता कार्यालयमा सरुवा भएका हुन्।
कुल ६८ जनाको यो सरुवा अर्थ मन्त्रालयको आन्तरिक प्रशासनिक व्यवस्थापन र कर तथा भन्सार प्रणालीलाई अझ सुदृढ गर्ने उद्देश्यले गरिएको बताइएको छ। उपसचिव_सरुवा_पदस्थापना[1]