युवाको नवप्रवर्तनलाई सरकारले प्राथमिकतामा राख्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

 युवाको नवप्रवर्तनलाई सरकारले प्राथमिकतामा राख्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै युवाहरूको पहलमा बनेको यात्री मोटरसाइकलको निर्माणस्थल अवलोकन गर्नुभएको छ ।

स्थल अवलोकनका क्रममा उहाँले निर्माणमा संलग्न युवाहरूसँग उद्यम विकास, प्रविधि नवप्रवर्तन र रोजगारी सिर्जनाबारे विस्तृत छलफल गर्नुभयको थियो ।

छलफलमा युवा उद्यमीहरूले नेपालमै उत्पादन भएको मोटरसाइकललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्ने सम्भावना, तर सरकारी सहयोग र नीतिगत प्रोत्साहन आवश्यक रहेको धारणा राखेका थिए ।

अर्थमन्त्री पौडेलले युवाको सीप, नवप्रवर्तन र उद्यमशीलतालाई सरकारले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो ।

उहाँले नेपालमै निर्मित यात्री मोटरसाइकल जस्तै उत्पादनहरूले देशलाई आयात प्रतिस्थापन मात्र होइन, निर्यात प्रवर्द्धनतर्फ लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले “युवा उद्यमशीलता राष्ट्रको भविष्य रहेको भन्दै सरकारले आवश्यक नीति, लगानीमैत्री वातावरण र प्राविधिक सहयोगमार्फत उद्यमशीलतालाई अझ सशक्त बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यस अघि पनि मन्त्री पौडेलले विभिन्न उद्यम व्यवसाय गरिरहेका व्यवसायीहरुलाई उत्पादनस्थलमै भेट गरी उत्प्रेरणा बनाउने कार्य गर्दै आउनुभएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *