ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

 ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

काठमाडौं, भदौ ८ । चीनको ख्याति प्राप्त कमर्सियल सवारी उत्पादक कम्पनी अक्वेल (ACWELL EV China Ltd.) आधिकारिक रूपमा नेपाल प्रवेश गरेको छ।

कम्पनीले नेपालमा आफ्नो आधिकारिक बिक्रेताको रूपमा ईभी गो नेपाल प्रालिलाई नियुक्त गरेसँगै अक्वेल ब्रान्ड अब नेपालमा उपलब्ध हुने भएको हो।

करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गर्दै आएको अक्वेलले पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राख्दै आएको छ।

यस अन्तर्गत कम्पनीले ११ सिट क्षमताको ईभी भ्यानदेखि ठूला बस, पिकअप, कार्गो भ्यान र मध्यम क्षमताका ट्रकसमेत उत्पादन गर्दै आएको छ।

अक्वेलका विद्युतीय सवारीसाधन हाल ७० भन्दा बढी देशमा बिक्री भइरहेको कम्पनीले जनाएको छ।

नेपालमा सुरुवाती चरणमा ११, १४ र १६ सिट क्षमताका विद्युतीय माइक्रोबस तथा भ्यान उपलब्ध हुनेछन्।

आगामी चरणमा १९, २५ र २६ सिट क्षमताका ठूला ईभी बस, साथै कार्गो भ्यान, ईभी पिकअप र ट्रकसमेत ल्याउने तयारी भइरहेको ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुपकुमार बरालले बताउनुभयो

अक्वेलको उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रीय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ। साथै, कम्पनीसँग आफ्नै आरएन्डडी सेन्टर पनि रहेको छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकास कार्य भइरहेको छ।

अन्य ईभी उत्पादक कम्पनीहरूको तुलनामा अक्वेलका स्पेयर पार्टस किफायती मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ। नेपालमा बिक्री सुरु भएसँगै ईभी गो नेपालले काठमाडौंमा सर्भिस सेन्टर सञ्चालनको तयारी गरेको छ

आगामी चरणमा प्रमुख शहरहरूमा सर्भिस सेन्टर विस्तार गर्ने र पर्याप्त स्पेयर पार्टस उपलब्ध गराउने योजनासमेत कम्पनीले अघि सारेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *