सुनको मूल्य तोलामा १ लाख ९९ हजार रुपैयाँ पुग्यो

 सुनको मूल्य तोलामा १ लाख ९९ हजार रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *