मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठककाे निर्णयहरु सार्वजनिक गर्ने क्रममा । तस्बिर : मधु शाही / रासस
काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री गुरुङले बताए ।
यस्तै नेपाली सेनातर्फ चार जना उपरथीहरूको सरुवा गर्ने, एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।