पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

 पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Rainy weather

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका अधिकांश पहाडी भूभागमा सामान्यतया बदली देखिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले भारी वर्षाका कारण भू–स्खलन, बाढी तथा नदी–नाला बढ्ने जोखिम रहेको भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *