संशोधित सहकारी ऐन, मापदण्ड–निर्देशन तथा अबको बाटो विषयक अन्तरक्रिया सम्पन्न

मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । संशोधित सहकारी ऐन, मापदण्ड–निर्देशन तथा सहकारी क्षेत्रको भावी बाटोबारे छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रम आइतबार मण्डनदेउपुरमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको उपाध्यक्ष खेमबहादुर पाठकज्यू रहनु भएको थियो। उहाँले सहकारीलाई अझ सबल, पारदर्शी र उत्तरदायी बनाउन संशोधित ऐन र निर्देशनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।
साथै, सहकारी आन्दोलनलाई समयानुकूल सुधार र प्रविधिमैत्री बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका जरुरी रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी सहकारी प्रतिनिधिहरूले संशोधित कानुनी व्यवस्था, मापदण्ड र निर्देशनबारे आफ्ना सुझाव र अनुभव राख्दै आगामी दिनमा सहकारीको दिगोपनाका लागि ठोस कदम चाल्न आग्रह गरेका थिए।
उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय सहकारी नेताहरू, सरोकारवाला संस्था, सञ्चारकर्मी तथा विभिन्न सहकारी सदस्यहरूको उपस्थिति रहेको थियो।