प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

 प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको टियान्जिनमा सम्पन्न शाङ्हाइ सहयोग संगठन (SCO) को २५औँ शिखर सम्मेलनमा सहभागी भई मिति २०८२ भाद्र १८ गते बुधबार स्वदेश फिर्ता हुनुभएको छ।

प्रधानमन्त्री ओलीले टियानजिनमा आयोजित SCO Summit 2025 मा विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नुभयो।

सम्मेलनको क्रममा क्षेत्रीय शान्ति, आपसी सहकार्य, व्यापार, ऊर्जा सुरक्षा तथा पूर्वाधार विकासका विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै, प्रधानमन्त्री ओलीले बेइजिङ्मा आयोजित द्वितीय विश्वयुद्ध विजयको ८०औँ स्मृति समारोह (80th Commemoration of the Victory) मा समेत सहभागिता जनाउनुभयो।

सो अवसरमा चीनका राष्ट्रपति सी जिनपिङसहित विभिन्न राष्ट्रका उच्च पदाधिकारीहरूसँग भेटवार्ता भएको थियो।

चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध सुदृढीकरण तथा बहुपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *