खाद्य उद्योग अनुमतिपत्र अब पूर्णरूपमा अनलाइन

 खाद्य उद्योग अनुमतिपत्र अब पूर्णरूपमा अनलाइन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगका लागि प्रदान गरिने अनुमतिपत्र जारी र नवीकरण प्रक्रिया पूर्णरूपमा अनलाइनमा ल्याउँदै ‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम’ सुरु गरेको छ।

अब उद्योगीहरूले कार्यालय धाइरहनुपर्ने झन्झटबाट मुक्त भई विभागको वेबसाइट मार्फत घरमै बसी आवेदन गर्न, कागजात अपलोड गर्न, र आवेदनको स्थिति जाँच गर्न सक्नेछन्।

अनुमतिपत्र स्वीकृत वा अस्वीकृत भएबारे सूचना इमेल मार्फत पनि प्राप्त हुनेछ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले नयाँ प्रणालीको फाइदा, प्रयोग विधि र प्राविधिक पक्षको बारेमा विस्तृत जानकारी दिएका छन्। प्रणालीले दफा ८, ९ र १० अनुसारको उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी, नवीकरण तथा अवधि व्यवस्थापनसमेत समेट्ने छ।

प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार यो प्रणालीले कागजरहित सेवा सुनिश्चित गर्दै पारदर्शिता, जवाफदेहिता र डिजिटल अभिलेख संग्रहमा वृद्धि ल्याउनेछ।

हाल यो सेवा काठमाडौं र हेटौँडास्थित कार्यालयबाट सञ्चालनमा आएको छ भने निकट भविष्यमा देशभरिका कार्यालयबाट समेत सेवा उपलब्ध गराइने विभागले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *