सेयर बजार ६.५५ अंकले ओरालो, कारोबार रकममा वृद्धि

काठमाडौं । बिहीबार नेपाली सेयर बजार ओरालो लाग्दै ६.५५ अंकले घटेर २,७१९ बिन्दुमा बन्द भएको छ। दिनभर अस्थिर बनेको बजार अन्तिम समयमा केही सम्हालिए पनि हरियोमा फर्किन सकेन।
दिउँसो २:२० बजे नेप्से २,७०३ बिन्दुसम्म झरेको थियो। त्यसपछि पुनः सुधार हुँदै बजार उकालो लागे पनि सकारात्मक बन्द हुन भने सकेन।
बजार घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनी घटेका छन् भने १ कम्पनीको मूल्य स्थिर रह्यो।
सूचक हेर्दा सबै समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।
-
बैंकिङ ०.३१%
-
विकास बैंक ०.३८%
-
फाइनान्स ०.३७%
-
होटल तथा पर्यटन ०.६५%
-
लगानी ०.३१%
-
जीवन बीमा ०.३९%
-
माइक्रोफाइनान्स ०.१५%
-
उत्पादन तथा प्रशोधन ०.१९%
-
निर्जीवन बीमा ०.१०%
-
अन्य समूह ०.५०%