नेपालमा पहिलोपटक कान्तिपुर सिटी कलेजमा B.Tech. in AI सुरु

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले नेपालमै पहिलोपटक Bachelor of Technology in Artificial Intelligence (B.Tech. in AI) कार्यक्रम सुरु गरेको छ।
नेपालमा बढ्दो डिजिटल आवश्यकता र विश्व प्रविधि विकासलाई ध्यानमा राखी यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
कलेजका अनुसार स्नातक तहको यो डिग्रीले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी सैद्धान्तिक ज्ञानसँगै अनुसन्धान क्षमता र व्यावहारिक सीप प्रदान गर्नेछ। यसले नेपालमै दक्ष एआई विशेषज्ञ तयार गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले Machine Learning, Deep Learning, Data Science, Big Data Analytics, Natural Language Processing (NLP), Computer Vision, Robotics लगायतका विषय अध्ययन गर्नेछन्।
साथै, प्रत्येक सेमेस्टरमा Industry वा Research Project गर्ने र अन्तिम वर्षमा Specialization तथा Capstone Project पूरा गर्नुपर्नेछ।
KCC ले हालै ढाका विश्वविद्यालयका प्राध्यापक डा. मोइनुल इस्लाम जाबेर को उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा एआई शिक्षा, अनुसन्धान र उद्योग अनुप्रयोगबारे अन्तर्राष्ट्रिय दृष्टिकोण आदान–प्रदान भएको कलेजले जनाएको छ।
शैक्षिक सत्र २०२५ का लागि आवेदन खुला गरिएको छ। +2 (Science) वा सो सरह योग्यता पुगेका विद्यार्थीले आवेदन दिन सक्नेछन्।