एमाले विधान महाधिवेशन आजदेखी : तीन दिनका कार्यसूची सार्वजनिक

 एमाले विधान महाधिवेशन आजदेखी : तीन दिनका कार्यसूची सार्वजनिक

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । उद्घाटन सत्रपछि पार्टीले तीन दिनसम्म चल्ने महाधिवेशनका प्रमुख एजेन्डा सार्वजनिक गरेको छ।

पहिलो दिन : प्रतिवेदन र प्रस्ताव

उद्घाटन समारोहपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यसपछिका सत्रमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

दोस्रो दिन : समूहगत छलफल

भोलि महाधिवेशनले प्रस्तुत प्रतिवेदनमाथि नौवटा समूहमा छलफल गर्नेछ। छलफलमा सहभागी प्रतिनिधिहरूले विधान, नीति तथा भावी रणनीतिमाथि विस्तृत सुझाव दिने तयारी गरेका छन्।

तेस्रो दिन : निष्कर्ष र समापन

पर्सी समूहगत छलफलका निष्कर्ष सार्वजनिक गरिनेछ। त्यसपछि अध्यक्ष ओलीले समापन सम्बोधन गर्दै महाधिवेशनको औपचारिक अन्त्य गर्ने कार्यक्रम रहेको छ।

२०७८ सालमा पहिलो विधान महाधिवेशन आयोजना भएको यही सनराइज हललाई यसपटक पनि दोहोर्याएर एमालेले निरन्तरतासहित भव्य तयारी गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *