भ्रष्टाचारविरुद्ध जेनजीको शान्तिपूर्ण प्रदर्शन, प्रशासनले सुरक्षा कडा बनायो

 भ्रष्टाचारविरुद्ध जेनजीको शान्तिपूर्ण प्रदर्शन, प्रशासनले सुरक्षा कडा बनायो

काठमाडौं – आज काठमाडौँको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार, सरकारी बेथिति र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका छन्।

आयोजकहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी दायरामा हुने स्पष्ट पारेका छन् भने प्रशासनले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिएको छ।

जेनजीले विज्ञप्तिमार्फत भ्रष्ट व्यक्तिहरूलाई जवाफदेही बनाउने, पारदर्शिता बढाउने र राजनीतिक हस्तक्षेपबाट प्रशासनलाई मुक्त राख्ने उद्देश्य स्पष्ट पारेका छन्।

उनीहरूले प्रदर्शनमा हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गर्दै राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि आन्दोलनलाई प्रयोग गर्न नपाउने चेतावनी दिएका छन्।

प्रशासनले पनि सुरक्षा चुनौतीको पूर्वाभ्यास गर्दै ‘एकीकृत सुरक्षा योजना’ लागू गरेको छ। डीआईजी ओम रानाका अनुसार २८ वर्षभन्दा कम उमेरका युवाहरूको सहभागी हुने प्रदर्शनमा घुसपैठ वा अवाञ्छित गतिविधि हुन सक्ने भएकाले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ।

सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्डका कारण वीआईपीका छोराछोरीमाथि हुने आक्रमण वा अवाञ्छित गतिविधिबाट जोगिन प्रशासनले विशेष सतर्कता अपनाएको छ।

प्रदर्शनका सहभागीहरूले देशको भविष्य, न्याय र पारदर्शिता सुनिश्चित गर्ने आफ्नो अभियान जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

यो प्रदर्शनले सरकार र प्रशासनमाथि जवाफदेहीपनाको सन्देश पठाउने साथै नागरिक अधिकारको सम्मान सुनिश्चित गर्ने प्रयासलाई थप बल प्रदान गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *