बहु प्रतिक्षित, मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

 बहु प्रतिक्षित, मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

फाईल फोटो : काठमाडौँ । जेनजी आन्दोलनमा १७ जना भन्दा धेरैको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सहभागी छैनन् ।

उनीहरू अहिले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बसिरहेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी छन् ।

बैठकमा जेनजीले उठाएका विषयबारे छलफल हुनेछ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *