गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्

 गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मन्त्री लेखकले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन्।

आज दिनभर राजधानीसहित देशभर जेनजी आन्दोलन चर्किएका बेला गृहमन्त्रीको राजीनामा आएको हो।

नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १८ जनाको मृत्यु र ठूलो संख्यामा घाइते भएको घटनापछि सरकार तीव्र आलोचनामा परेको छ।

राजधानीमा जारी आन्दोलन र सुरक्षाकर्मीको गोलीप्रयोगप्रति चर्को विरोध भएपछि लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको बुझिएको छ। यद्यपि, लेखकको राजीनामाबारे सरकारको आधिकारिक प्रतिक्रिया आइसकेको छैन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *