काठमाडौँका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन
काठमाडौँ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ ।
नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वतःस्फूर्त रूपमा मानिसहरू सडकमा उत्रिएका छन् ।
सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरू भइरहेका छन् ।

