जेनजी आन्दोलनको अपिल : संयमता अपनाउँदै सार्वजनिक सम्पत्ति जोगाउन आग्रह

 जेनजी आन्दोलनको अपिल : संयमता अपनाउँदै सार्वजनिक सम्पत्ति जोगाउन आग्रह

काठमाडौं । जेनजी आन्दोलनले आन्दोलनमा सहभागीलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह गरेको छ। सोमबार जारी अपिल पत्रमार्फत आन्दोलनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

अपिलमा भनिएको छ, “हाम्रो आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट स्वीकृत भएको छ, जसले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ।”

आन्दोलनले देश नयाँ नेतृत्वतर्फ अघि बढेको दाबी गर्दै नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको जनाएको छ।

साथै, सबैको साझा सम्पत्ति सार्वजनिक सम्पत्तिलाई जोगाउनुपर्नेमा जोड दिँदै आन्दोलनकारीलाई संयमता र धैर्यका साथ अघि बढ्न आह्वान गरिएको छ।

जेनजी आन्दोलनले न्यूनतम अडानका रूपमा सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन र नयाँ निर्वाचनमा जाने कुरा पुनः दोहोर्याएको छ।

अपिलमा भनिएको छ, “सर्वसाधारणको एकताले मात्र नयाँ परिवर्तनको जग बस्छ, त्यसैले आगामी यात्रामा सबै एकजुट रहौं।”

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *