वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।
मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका छन्।
राष्ट्रपतिले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
उनले जेन्जीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत् मार्ग खोज्न सकिने विश्वास व्यक्त गर्दै संयमित आह्वान गरेका छन्।