अष्ट्रेलियामा जेनजी आन्दोलनप्रति ऐक्यबद्धता, सिड्नीमा मैनबत्ती प्रज्वलन

 अष्ट्रेलियामा जेनजी आन्दोलनप्रति ऐक्यबद्धता, सिड्नीमा मैनबत्ती प्रज्वलन

सिड्नी । नेपालमा भइरहेको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अष्ट्रेलियाका विभिन्न राज्य तथा शहरमा नेपाली समुदायले विरोध सभा तथा मैनबत्ती प्रज्वलन गरेका छन्।

आन्दोलनका क्रममा भएका मानविय क्षति, घाइते तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरूले भष्ट्रचार, वेथिति र अपारदर्शी शासनविरुद्ध उठेको आवाजलाई समर्थन गरेका हुन्।

सिड्नीस्थित साग्थ वेष्टको नेपलिज कम्युनिटी क्लवको आयोजनामा भएको मैनबत्ती प्रज्वलन कार्यक्रममा क्लवका अध्यक्ष सुनिल पराजुलि, फेन्का न्यु साउथ वेल्सका कोअर्डिनेटर मुक्तिराम पोखरेल, नेपালি अभिभावक समाज अस्ट्रेलियाका अध्यक्ष गणेश प्रसाद पोखरेल, पूर्व अध्यक्ष सोमबहादुर श्रेष्ठ, अनेसास न्यु साउथ वेल्सका महासचिव भावना पराजुलि, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय सचिवालय सदस्य गोविन्द भुसाललगायतले सहभागिता जनाए।

उक्त कार्यक्रममा वक्ताहरूले जेनजी युवाहरूले अघि सारेका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

साथै, स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गरी दोषीमाथि कानूनी कारबाही गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा जेनजी समूह, नागरिक समाज, समुदायका अगुवा तथा अस्ट्रेलियामा रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सहभागीहरूले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *