नविल बैँकले विभिन्न शाखाबाट सेवा प्रवाह गर्ने, यि खुल्ला रहने शाखा

काठमाडौं । जेन–जेड आन्दोलनका कारण बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउन थालेका छन् ।
बैँकहरुले सूचना जारी गर्दै आंशिक रुपमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा आउने भन्दै सूचना जारी गरेका छन् । यसैबीच नविल बैँकले सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जनाएको छ ।
बैँकले जारी गरेको सूचनामा काठमाण्डौ सहित काठमाण्डौ बाहिरका विभिन्न स्थानहरुबाट समेत सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ ।
आन्दोलन, तोडफोड र लटपाट हुनसक्ने भन्दै बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरुले आफ्ना सिमित शाखाहरुबाट तत्कालाका लागि सेवा सूचारु गर्न लागेको जनाएका छन् ।