बैँकहरु खुल्न थाले, यि हुन कृषि विकास बैँकका खुल्ला रहने शाखा

काठमाडौं । जेन–जेड आन्दोलनका कारण बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउन थालेका छन् ।
बैँकहरुले सूचना जारी गर्दै आंशिक रुपमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा आउने भन्दै सूचना जारी गरेका छन् । यसैबीच कृषि विकास बैंक लिमिटेडले जानकारी गराए अनुसार, विशेष सुरक्षा व्यवस्थासहित भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म केही शाखामार्फत मात्र सेवा सञ्चालन हुने भएको छ।
काठमाडौं उपत्यकाभित्र रामशाहपथ, सामाखुशी, जोरपाटी र नयाँबानेश्वर शाखा खुला रहनेछन्। यसैगरी, ललितपुरमा सातदोबाटो र पुल्चोक तथा भक्तपुरमा सल्लाघारी र दुवाकोट शाखाबाट कारोबार गर्न सकिनेछ।
बैंकले उपत्यका बाहिरका शाखा स्थानीय निकाय र सुरक्षाकर्मीहरूसँगको समन्वयमा मात्र सञ्चालन हुने बताएको छ।
बैंकिङ सेवा आंशिक रूपमा खुल्न थालेसँगै जनजीवन क्रमशः सामान्यतर्फ फर्कने संकेत देखिएको छ।