दुर्गा प्रसाईं र सुशीला कार्कीलाई सेनाले जङ्गीअड्डा लग्यो, अन्तरिम सरकारबारे छलफल

काठमाडौं । मुलुकमा अन्तरिम सरकार गठन गर्ने प्रक्रियाले तीव्रता पाएको छ। नेपाली सेनाको समन्वयमा आज जङ्गीअड्डामा महत्वपूर्ण राजनीतिक वार्ता भइरहेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित सेनाले जङ्गीअड्डा लगेको स्रोतले जनाएको छ। दुवै नेतासँग अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल भइरहेको बताइएको छ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई प्रधानमन्त्रीको नेतृत्वका लागि समर्थन गर्ने घोषणा गरेका थिए। बालेनको प्रस्तावमा हालैको जेन–जी आन्दोलन पनि सहमत भएपछि कार्की नेतृत्वको सरकार बन्ने संभावना थप बलियो बनेको विश्लेषण भइरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग सेनाको समन्वयमा सरकार गठनबारे निर्णायक छलफल हुँदैछ। त्यही क्रममा, प्रधानसेनापति अशोकराज सिग्देलले हिजो नै दुर्गा प्रसाईंसँग पनि विशेष भेटवार्ता गरेका थिए।

राजनीतिक दलहरूको निष्क्रियताबीच सेना, नागरिक समाज र नयाँ पुस्ताको सक्रिय भूमिकाले मुलुक अन्तरिम सरकारको दिशातर्फ अघि बढेको देखिन्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *