शीतल निवासको वार्ता दिउँसो दुई बजेसम्म सारियो

 शीतल निवासको वार्ता दिउँसो दुई बजेसम्म सारियो

काठमाडौँ । अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ९ बजेका लागि तय गरिएको वार्ता आन्तरिक तयारीका कारण दिउँसो २ बजेसम्मका लागि सारिएको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार विभिन्न दलका नेताहरू, संविधानविद्, कानुनविद् र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग समन्वय गरेर मात्र छलफल अघि बढाउनुपर्ने भएकाले समय सारिएको हो।

यसअघि बिहीबारदेखि नै राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि सर्वपक्षीय छलफल थालेका छन्। सर्वपक्षीय वार्ता बिहीबार मध्यरात ३ बजेसम्म चले पनि अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषयमा ठोस सहमति जुट्न सकेको थिएन।

अहिलेसम्मको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सकिने सहमति प्रष्ट भएको छ। तर, संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण प्राविधिक चुनौती अझै समाधान भएको छैन।

राजनीतिक दलका शीर्ष नेताहरूले दिउँसो २ बजेदेखि सुरु हुने वार्तामा संवैधानिक जटिलताको निकास र सरकार गठनको औपचारिक प्रक्रिया मिलाउने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *