कृषि विकास बैँकका उपत्यकाभित्र १ दर्जन भन्दा बढी शाखा कार्यालय खुला, बाहिर स्थानिय प्रशासनसंग समन्वय गरेर खुलाइने

काठमाडौं । कृषि विकास बैँकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै उपत्यकाभित्र ९ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्ने जनाएको छ ।
बैँकले जारी गरेको सूचनामा काठमाण्डौका रामशाहपथ, रत्नपार्क, कलंकी, स्वयम्भु शाखा कार्यालय खुल्ला रहनेछन् ।
यसैगरी ललितपुरका लगनखेल र मंगलबजार शाखाबाट सेवा प्रवाह हुने छ भने भक्तपुरमा गठ्ठाघर, सल्लाघारी र बोडे शाखा कार्यालयबाट सेवा प्रवाह भइरहेको बैँकले जनाएको छ ।
यसैगरी बैँकले उपत्यका बाहीर स्थानीय प्रशासनसंग समन्वय गरेर सेवा सञ्चालनमा ल्याउन सकिने जनाएको छ । यो सेवा विहान १० बजेदेखी १ बजेसम्मका लागि तय गरिएको पनि बैँकले जनाएको छ ।
यसैगरी जेन–जेड आन्दोलनका कारण बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरु क्रमस सञ्चालनमा आउन थालेका छन् ।
बैँकहरुले आंशिक रुपमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा आउने भन्दै सूचना जारी गरेका छन् ।