मेरो धड्कन र रगतको हरेक थोपा, राष्ट्रको सेवामा समर्पित हुनेछ : नाडा अध्यक्ष चौधरी

 मेरो धड्कन र रगतको हरेक थोपा, राष्ट्रको सेवामा समर्पित हुनेछ : नाडा अध्यक्ष चौधरी

हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, राष्ट्रको सेवामा समर्पित हुनेछ – 1

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले भावनात्मक सन्देश जारी गर्दै देश र नागरिकप्रति आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन्।

उनले हालैको केही घटनाबाट सिकेर नेपाली जनताको एकता नै परिवर्तनको मूल शक्ति हुने उल्लेख गरेका छन्। “जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ,” भन्दै उनले विगतका पीडादायी क्षणलाई पछाडि छोडी उज्यालो भविष्य निर्माण गर्न सबैलाई आह्वान गरेका छन्।

चौधरीले सचेत, अनुशासित र जिम्मेवार नागरिक बन्ने वाचा गर्न सबैलाई आग्रह गर्दै भनेका छन्, “हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १००% दिने हाम्रो दायित्व हो।”

स्वदेश र मातृभूमिप्रतिको गहिरो प्रेम व्यक्त गर्दै उनले आफ्नो जीवन, रगत र श्रम राष्ट्रको सेवामा अर्पण गर्ने शपथ लिएका छन्। उनका अनुसार नेपालले दिएको अवसर, आशीर्वाद र माया प्रतिदान गर्ने बेला अब आएको छ।

“हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ,” अध्यक्ष चौधरीले प्रतिज्ञा व्यक्त गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *