अर्थमन्त्री खनालको पहिलो निर्णय- टुक्रे आयोजना कार्यान्वयन नगर्ने

 अर्थमन्त्री खनालको पहिलो निर्णय- टुक्रे आयोजना कार्यान्वयन नगर्ने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

हाम्रो विगत अब स्मरणमा नआओस् । ठूलो गल्ती गर्नेहरू कारबाहीमा आउनै पर्छ । अब गल्ती गर्ने कुनै गुन्जायस छैन । जानेर त गर्नै भएन, नजानेर पनि गल्ती गर्ने छुट छैन । ६ महिनाभित्र निर्वाचन कुनै पनि हालतमा गर्नैपर्ने उनको भनाइ छ ।

अब सिंहदरबार सहित सार्वजनिक र अन्य सम्पत्तिको पुनर्निर्माणमा लाग्नु पर्ने उनले बताए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *