यी प्रदेशमा भारी वर्षाको सम्भावना

 यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल दक्षिण–पश्चिमी मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशभरको मौसममा प्रत्यक्ष प्रभाव परेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यतया बदली भएको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

विभागले जारी गरेको पूर्वानुमानमा सोमबार पनि आकाश सामान्यतया बदली हुने उल्लेख छ। विशेषगरी लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानहरूमा र तराईका केही क्षेत्रमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ।

यसैबीच, विभागले नदीमा पानीको सतह बढ्न सक्ने भएकाले किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिम टार्न स्थानीय प्रशासन र सम्बन्धित निकायले समयमै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएको छ।

सामान्यतया मनसुनको सक्रियता अझै केही दिन जारी रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *