भिजिट भिसामा दुबई जान नेपालीलाई रोक

 भिजिट भिसामा दुबई जान नेपालीलाई रोक

दुबईले नेपालीलाई भिजिट (भ्रमण)  भिसामा आउन पूर्ण रूपमा बन्द गरेको छ।

यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए। उनले अहिलेको निर्णय केही समयका लागि हुन सक्ने बताए।

दुबईले नेपालीलाई डिसेम्बरदेखि नै भिसा दिन बन्द जस्तै गरेको थियो। भिसा पाउने सम्भावना नभएपछि नेपालीहरूले युएईको शारजाह राज्यका लागि भिसा आवेदन दिने गरेका थिए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *