तलब रोक्ने विद्यालयका प्रअलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

 तलब रोक्ने विद्यालयका प्रअलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले भोलिसम्ममा पनि शिक्षकहरुलाई तलब निकासा नगर्ने प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयबाट तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने प्रअहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले तलब निकासा गर्न  भोलिसम्मको अल्टिमेटम दिएका छन् ।

दसैं–तिहारको अवसरमा कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो बढेको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् ।

दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयमा पठाएको भए पनि केही विद्यालयहरूले जानाजान रोक्दै आएका छन् भन्ने गुनासो बढेको छ।

यस सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधिले गम्भीर आपत्ति जनाउँदै  “भोलिसम्म कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकलाई तलब निकासा नगरिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति सदस्यलाई नियमानुसार कारबाही गरिनेछ।”

तर हाल शिक्षकको तलब प्रधानाध्यापकले सिधै दिने प्रक्रिया नभएर स्थानीय तहमार्फत निकासा गर्ने व्यवस्था छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *