सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

 सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् ।

‎‎आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो। ‎‎दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *