२४ घण्टाको मौसम पूर्वानुमान : दशैंमा वर्षाको सम्भावना
काठमाडौँ । सोमबारको फूलपाती दिन पनि मौसम पूर्ण रूपमा सफा छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २४ घण्टाको बुलेटिनअनुसार देशभर हाल मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभाव कायम छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
वर्षाको सम्भावना
-
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा
मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना। -
अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा
मध्यम वर्षा हुने अनुमान। -
तराईका केही स्थानहरूमा पनि
मध्यम वर्षाको सम्भावना। -
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा
भारी वर्षा हुने सम्भावना।
रातिको अवस्था
राति गण्डकी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ।
गण्डकीका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
वर्तमान अवस्था
महाशाखाले हाल बिहानैदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ।
