अर्घाखाँचीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, २४ घाइते

 अर्घाखाँचीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप  (फोर्स गाडी) दुर्घटना हुँदा  दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन्। सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बर को  सो जीप  आज बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा  गुल्मी मदाने गाउँपालिका.–६ पुर्कोटका  १० वर्षीय  अरुणा थापा र   मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन। घाइतेको अर्घाखाँची  अस्पतालमा उपचार भैरहेको छ। एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *