बडा दशैं २०८२ मा राष्ट्रिय वाणिज्य बैंकका कुन–कुन शाखा खुला हुने ? (सूचीसहित)
बडा दशैं २०८२ को अवसरमा राष्ट्रिय वाणिज्य बैंक (RBBL) ले सार्वजनिक विदाको दिन पनि सीमित शाखा खुला रहने जानकारी गराएको छ।
बैंकका अनुसार विराटनगर सुख्खा बन्दरगाह, काठमाडौं बसन्तपुरको मुख्य शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, भैरहवा सुख्खा बन्दरगाह, धनगढी र इटहरी शाखा खुला रहने छन्।
यी शाखाहरू असोज १३ गते फूलपातीदेखि असोज १६ गते द्वादशीसम्म सञ्चालन हुनेछन् भने असोज १६ गते विजयादशमीको दिन भने सबै शाखा बन्द रहनेछन्।
कारोबार समय बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मात्र हुने बैंकले जनाएको छ। साथै थप जानकारीका लागि ग्राहकले RBB Call Center ०१-५९७००१९ मा सम्पर्क गर्न सक्नेछन्।
