हवाई भाडा आकासियो : नागरिक उड्डयन प्राधिकरणले तोक्यो अधिकतम दर

 हवाई भाडा आकासियो : नागरिक उड्डयन प्राधिकरणले तोक्यो अधिकतम दर

काठमाडौं — दसैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा यात्रुहरूलाई सहज बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले आन्तरिक उडानको अधिकतम भाडा सार्वजनिक गरेको छ।

प्राधिकरणले एयरलाइन्स र आधिकारिक टिकट वितरकहरूलाई तोकिएको भन्दा बढी भाडा असुल्न नपाइने चेतावनी दिँदै यात्रुहरूलाई सचेत रहन अनुरोध गरेको छ।

प्राधिकरणद्वारा जारी सूचना अनुसार, काठमाडौं–धनगढी मार्गमा अधिकतम भाडा १७,०२५ रुपैयाँ तोकिएको छ। यसैगरी, काठमाडौं–भैरहवा ६,५७१ रुपैयाँ, काठमाडौं–पोखरा ६,५५१ रुपैयाँ, काठमाडौं–नेपालगञ्ज १३,0७१ रुपैयाँ, काठमाडौं–बिराटनगर ९,६५१ रुपैयाँ, काठमाडौं–जनकपुर ५,३०१ रुपैयाँ, काठमाडौं–सिमरा ३,8६१ रुपैयाँ, काठमाडौं–सुर्खेत १०,३१० रुपैयाँ, काठमाडौं–राजविराज ७,९०१ रुपैयाँ र काठमाडौं–दाङ ९,५११ रुपैयाँ तोकिएको छ।

प्राधिकरणले कुनै पनि हवाई सेवाप्रदायक वा एजेन्टले तोकिएको भन्दा बढी भाडा लिएमा तुरुन्तै नजिकैको विमानस्थल कार्यालय, प्रहरी वा प्राधिकरणको वेबसाइटमार्फत उजुरी दिन सकिने उल्लेख गरेको छ।

साथै, यात्रुले Voluntary Information Reporting System (VIRS) वा हॉटलाइन नम्बर ०१४११३६३ मा जानकारी दिन सक्ने व्यवस्था गरिएको छ।

नागरिक उड्डयन प्राधिकरणले यात्रुहरूलाई “तोकिएको भन्दा बढी भाडा तिर्न नपर्ने” प्रष्ट सन्देश दिँदै अवैध रूपमा बढी असुल्ने एयरलाइन्स तथा एजेन्टविरुद्ध कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *