कीर्तिपुर नगरपालिकालाई कृषि विकास बैंकद्वारा पाँच थान कम्प्युटर र प्रिन्टर सहयोग

 कीर्तिपुर नगरपालिकालाई कृषि विकास बैंकद्वारा पाँच थान कम्प्युटर र प्रिन्टर सहयोग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कीर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा पालिकामा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाई भइरहेको थियो । कीर्तिपुर नगरपालिकाको सेवा प्रवाहलाई सहज बनाउनका लागि बैंकले सहयोग सामग्री हस्तान्तरण गरेको हो।

एक विशेष समारोहका बीच बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले कीर्तिपुर नगर प्रमुख कृष्णमान डंगोललाई उक्त कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वागमती प्रदेशका निर्देशक चन्द्र सिंह थापा, कीर्तिपुर शाखा प्रबन्धक नारायण लाल श्रेष्ठ, साथै कीर्तिपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकलाल गैरे र नगरका अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो।

यो सहयोगले कीर्तिपुर नगरपालिकाको सूचना प्रविधि प्रणाली सुदृढीकरण र जनसेवा प्रवाहमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *