राष्ट्रपतिले राजनीतिक दल र सरकारसँग निर्वाचनबारे छलफल गर्ने

 राष्ट्रपतिले राजनीतिक दल र सरकारसँग निर्वाचनबारे छलफल गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरू र सरकारसँग निर्वाचनबारे छलफल गर्ने भएका छन् ।

शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन् ।

बिहीबार प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि दलहरूसँग छलफल गर्ने निष्कर्षमा राष्ट्रपति पौडेल पुगेका उनी निकट स्रोतले जानकारी दियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *