जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाद्वारा नयाँ पार्टी घोषणा, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को पक्षमा

 जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाद्वारा नयाँ पार्टी घोषणा, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को पक्षमा

काठमाडौँ – जेनजी आन्दोलनबाट उदाएका युवा अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी गठन गरेको घोषणा गरेका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले नयाँ राजनीतिक दलको औपचारिक घोषणा गर्दै नयाँ सोच, नयाँ पुस्ता र नयाँ नेतृत्व निर्माणमा केन्द्रित हुने बताएका छन्।

ढुंगानाले आफ्नो पार्टीले देशमा सुशासन, पारदर्शिता र प्रत्यक्ष जनप्रतिनिधित्वमा आधारित लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउने बताए। उनले भने, “हाम्रो उद्देश्य नेतृत्वको प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाका लागि काम गर्ने हो ।

जनताको मतबाट चयन हुने कार्यकारी प्रमुखको प्रणालीलाई संस्थागत गर्नु हो।”

उनका अनुसार पार्टीको प्रमुख नारा — “प्रत्यक्ष जननिर्वाचित नेतृत्व, सबल स्थानीय शासन।” उनले थपे, “हामी जनताको शक्ति सिधै कार्यकारी नेतृत्वमा पुर्‍याउने प्रयासमा छौं। यही हाम्रो आन्दोलनको निरन्तरता हो।”

पत्रकार सम्मेलनमा ढुंगानाले जेनजी आन्दोलनले उठाएका मूल्य–मान्यता र युवाहरुको सहभागितालाई नयाँ राजनीतिक दिशामा रूपान्तरण गर्ने संकल्प व्यक्त गरे। उनले नयाँ दलले स्थानीय तहदेखि संघीय तहसम्मको राजनीतिमा वैकल्पिक नेतृत्वको विकल्प दिन सक्ने विश्वास व्यक्त गरे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *