गायिका नितु पौडेलको निधन, बाबुलविरुद्ध जाहेरी दर्ता

 गायिका नितु पौडेलको निधन, बाबुलविरुद्ध जाहेरी दर्ता

काठमाडौं । गायिका नीतु पौडेलको निधन भएको छ । आज बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएको हो ।

कार्तिक १ गते अनामनगरमा उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएको पौडेलको आज निधन भएको प्रहरीले जनाएको छ । उनी गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्धमा थिइन् ।

विवाहको विषयमा विवाद भएपछि पौडेलले गिरीको एरेन्ज स्टुडियो अनामनगरमा आत्मदाह प्रयास गरेकी थिइन् । पौडेललेको मृत्यु भएपछि बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता भएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *