सरकार, राजनीतिक दल र जेनजीहरूबिच आज त्रिपक्षीय छलफल
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी छन् ।
कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुनेछ ।
यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए ।
