नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू गर्‍यो

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू गर्‍यो

default

ठमाडौं, कात्तिक १४, नेपाल आयल निगमले नयाँ मूल्य संरचना अनुसार पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। निगमले इण्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ मूल्य अनुसार इन्धनमा समायोजन गरिएको जनाएको छ।

निगमका अनुसार आज राति १२:०१ बजेबाट लागू हुने गरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. ५ ले घटाइएको छ भने पेट्रोल र हवाई इन्धन (आन्तरिक) को मूल्य यथावत राखिएको छ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु. १०२.३५, डिजेलको रु. ९१.१९ र हवाई इन्धनको रु. १०६.४५ पुगेको निगमले जनाएको छ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको र ब्रेक–इभेन प्वाइन्टभन्दा तल पुगेकाले डिजेल/मट्टितेलमा मूल्य समायोजन गरिएको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *