माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

 माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ।

शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘केन्द्रीय कमिटी बैठकले एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने।

पार्टी एकताबारे थप गृहकार्य गर्ने, मिल्न बाँकी रहेका विषय टुंग्याउने जिम्मा केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ।

नेताहरूले दिएका जानकारी अनुसार माओवादी केन्द्रसँग नीति र नेतृत्वबारे टुंगो लागिसकेको छ।

बहुपदीय संरचना नराख्ने, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने उनीहरूको भनाइ छ। नाम नेकपा (समाजवादी) राख्ने सहमति भएको छ। यद्यपि नामबारे छलफल टुंगिसकेको छैन। चुनाव चिह्नबारे पनि छलफल जारी रहेको नेताहरूले बताएका छन्।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने, नेपाली विशेषताको समाजवाद अँगाल्ने र दीर्घकालीन वैज्ञानिक समाजवादको बाटामा अघि बढ्ने बाटो तय गरिएको नेताहरूले बताएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *