११ जना राजदूतलाई के आधारमा फिर्ता बोलाइयो? प्रधानमन्त्री कार्कीले दिइन् ३ कारण

 ११ जना राजदूतलाई के आधारमा फिर्ता बोलाइयो? प्रधानमन्त्री कार्कीले दिइन् ३ कारण

प्रधानमन्त्री सुशीला कार्कीले ११ देशका राजदूतलाई किन फिर्ता बोलाउने निर्णय गरियो भन्नेबारे तीनवटा कारण दिएकी छन्।

बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले ती तीन कारण खुलाएकी हुन्।

सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इसराइल, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्तराज्य अमेरिका र जापानमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनीहरूलाई कात्तिक २० गतेसम्म स्वदेश फर्किसक्न भनिएको छ।

यसरी विभिन्न देशमा नियुक्त राजदूतमध्ये के आधारमा ११ जनालाई मात्र फिर्ता बोलाइयो भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले तीन कारण बताएकी हुन्।

पहिलो कारण, राजदूतहरूको कार्यसम्पादनबारे सम्बन्धित मुलुकहरूसँग परामर्श गरिएको थियो। त्यस क्रममा उनीहरूको राय बुझेर कार्यसम्पादन चित्तबुझ्दो नभएका राजदूतलाई फिर्ता बोलाइएको प्रधानमन्त्री कार्कीले बताइन्।

दोस्रो, कतिपय राजदूतले अहिलेको अन्तरिम सरकारमाथि नै प्रश्न उठाउँदै सार्वजनिक टिकाटिप्पणी गरेका थिए। त्यस्ता राजदूतलाई पनि फिर्ता बोलाइएको प्रधानमन्त्रीको भनाइ छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *