फोहोर बिसर्जनमा समस्या भयो, घरभित्रै राख्नू : काठमाडौं महानगर

 फोहोर बिसर्जनमा समस्या भयो, घरभित्रै राख्नू : काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ।

शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भइरहेकाले सुरक्षित तरिकाले फोहोर घरको कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो।

काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन्।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति‍ले विभिन्न माग राखेर फोहोर बिसर्जन गर्न दिएको छैन।

समितिका संयोजक श्रीराम ढुंगानाले फोहोर बिसर्जन गर्न आफूहरूले नै नदिएको बताए।

‘तीन दिनदेखि हामीले फोहोर यता ल्याउन दिएका छ‌ैनौं,’ उनले भने, ‘काठमाडौं महानगरले सधैं आश्वासन मात्र दिने तर हाम्रो मागहरू पूरा गर्न चासो देखाएन। त्यसकारण फोहोर फाल्न रोकेका हौं।’

ल्याण्डफिल साइटमा अवरोध भएपछि नुवाकोटका प्रमुख जिल्ला अधिकारीले पनि सहजीकरणको आग्रह गर्दै पत्राचार गरेको ढुंगानाले बताए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *