काठमाडौँमा अतिक्रमित जग्गा र अवैध संरचना हटाउने अभियान सुरु

 काठमाडौँमा अतिक्रमित जग्गा र अवैध संरचना हटाउने अभियान सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (का.जि.) ले सार्वजनिक जग्गा अतिक्रमण र मापदण्ड विपरीत बनेका संरचनाहरू हटाउने निर्णय गरेका छन्।

मिति २०८२ असोज २ गते बसेको दुबै निकायको संयुक्त बैठकले यस्तो निर्णय गर्दै सात दिनभित्र अतिक्रमण र अनधिकृत संरचना खाली गर्न सूचना जारी गरेको हो।

सूचना अनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने उल्लेख छ।

सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहको भएकाले अवैध रूपमा बनेका संरचना हटाउनुपर्ने बताइएको छ।

काठमाडौं महानगरपालिकाले नागरिकलाई सात दिनभित्र स्वेच्छाले यस्ता संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ। यदि तोकिएको समयमा संरचना नहटाइए कानुनी कारवाही गर्दै जबरजस्ती खाली गरिने चेतावनी पनि दिइएको छ।

साथै, महानगरले सर्वसाधारणलाई यस्ता अतिक्रमित स्थान वा मापदण्ड विपरीतका संरचनाको जानकारी info@kathmandu.gov.np मा पठाउन पनि आग्रह गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *