मधेश प्रदेशका ८ जना किसान सम्मानित

 मधेश प्रदेशका ८ जना किसान सम्मानित

पुष्पराज खतिवडा, १४ कार्तिक २०८२,  धनुषाः मधेश प्र्रदेशका सबै जिल्लाका गरी ८ जना उत्कृष्ट किसान सम्मानित भएका छन् ।

प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनाल नक्टाझिज धनुषाले प्रदेशका आठजना किसानलाई २५ हजार नगद सहित उत्कृष्ठ किसानका रुपमा सम्मान गरेको हो ।

विश्व खाद्य दिवस (१६ अक्टुवर) का अवसरमा “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो ” भन्ने नारा सहित निर्देशनालयमा आयोजित समारोहमा बाराको जितपुरसिमरा–१८, बडहर्वाकी मकै किसान विनिता गौतम् , विन्दवासिनी–४, अमरपट्टी पर्साका च्याउ किसान सुजित कुमार चौरसिया सम्मानित भए ।

यस्तै वागमती नगरपालिका–११, सर्लाहीका मौरी किसान मणि प्रसाद पाण्डे, मिथिला नगरपालिका–८, धनुषाका तरकारी किसान छविलाल महत्तो, कटहरिया नगरपालिका–५, रौतहटका धान किसान रामसिंह राय यादवले सम्मानित भएका हुन ।

यसैगरी सिराह नगरपालिका–२, सिराहका खाध्यान्न वीउ उत्पादक किसान बलराम यादव, पिपरा गाउँपालिका–४, महोत्तरी का दलहन किसान अरुण ठाकुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२, सप्तरीका महाविर प्रसाद चौधरी भएका हुुन् ।

उनीहरुलाई मधेश प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालले नगद २५ हजार, दोसल्ला सहित र सम्मानपत्रले सम्मानित गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी सचिव दाहालले मधेश अन्नको मात्रै नभएर खाद्यन्नको भण्डार भएको बताउनु भयो । मधेशको उब्जनी वृद्धि आजको आवश्यकता हो ।

आफु पालिएर मात्रै मधेशको समृद्धि हुँदैन देशभरीलाई पुग्ने खाध्यान्न उत्पादन गर्नुपर्ने छ । यसका लागि सरकार, किसान मिलेर काम गर्नु पर्ने उहाँको भनाई थियो ।

निर्देशनालयका प्रमुख निर्देशक जितेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख डा.सरोज चौधरी, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल, खाद्य तथा पोषण शुरक्षा सुधार आयोजना, धनुषाका प्रमुख रविलला शर्मा लगायतले कार्यक्रममा खाद्य शुरक्षाका विषयमा धारणा राख्नु भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *